काठमाण्डु – शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सचिवालयले तयार पारेको विद्यालय शिक्षा विधेयक २०८० को प्रतिवेदन अध्ययनका लागि सदस्यहरूलाई बाँडिएको छ ।
वितरण भएको समितिको प्रतिवेदन अध्ययनका लागि समितिका सदस्यलाई ३ दिनको समय दिइएको छ । सदस्यहरूले प्रतिवेदन भदौ ५ गतेसम्म अध्ययन गरिसक्नुपर्नेछ ।
प्रतिवेदन अध्ययन गरिसकेपछि भदौ ५ गते बिहान ८ बजे बस्ने बैठकमा प्रतिवेदनमाथि छलफल गरेर प्रतिवेदन पारित गरिने समितिका सभापति अम्मरबहादुर थापाले बताए ।
शिक्षा समितिका सचिव दशरथ धमालाले समितिको सोमबार बसेको बैठकमा पेश गरेको ४२ पृष्ठको प्रतिवेदन सदस्यहरूलाई बाँडिएको थियो ।




प्रतिक्रिया