उपसभामुखविरुद्ध महाअभियोग दर्ताबारे आएका कुराहरूमा सत्यता छैन : कांग्रेस

उपसभामुखविरुद्ध महाअभियोग दर्ताबारे आएका कुराहरूमा सत्यता छैन : कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उपसभामुखविरुद्ध महाअभियोग दर्ताबारे आएका कुराहरूमा सत्यता नभएको बताएका छन् ।

मंगलबार सांसद्हरूसँग भएको छलफलपश्चात उनले हस्ताक्षर संकलन गरिरहेको अवस्था भए पनि कुनै प्रयोजनको लागि भनेर तय नभएको भन्दै मिडियामा आएका कुराहरू सत्य नभएको बताए ।

उनले भने, ‘हस्ताक्षर संकलन गरिरहेको अवस्था हो । कुनै प्रयोजनको लागि भनेर नै कुनै विषय तय गरेका छैनौं । उपसभामुखको विषयमा हामी निष्कर्षमा पुगेका छैनौं । कुनै छलफल पनि भएको छैन । यो विषयमा जुन तरिकाले मिडियाहरूमा कुरा आएको छ, त्यो सत्य होइन । उपसभामुखलाई हटाउने प्रस्ताव आजै दर्ता हुँदैन ।’

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भने महाअभियोग लाग्छ/लाग्दैन ? थाहा नभएको भन्दै सबै जनासँग छलफल भईरहेको बताए ।

उनले भने, ‘महाअभियोग दर्ताको कुरामा एक चौथाइले दर्ता हुन्छ बहुमतले निलम्बन हुन्छ । तर महाअभियोग प्रमाणित हुनको लागि दुईतिहाइ चाहिन्छ । महाअभियोग लाग्छ/लाग्दैन ? थाहा छैन । त्यही पनि सबै जनासँग छलफल भयो भने सम्भावना नभएको होइन । छलफल पनि भइरहेको छ ।’