काठमाण्डु – नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल स्पोन्सर बनेको छ ।
भेट्रान्स फोर्टी क्लबको आयोजनामा हुने प्रतियोगिता आगामी भदौ १३–१६ गतेसम्म बूढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क चुनिखेलमा हुनेछ ।
प्रतियोगितामा सानिमा जिआईसी इन्स्योरेन्स, नेपाल एसबीआई बैंक, जगदम्बा मोटर्स, प्राइम बैंक, आईएमई डिजिटल, महालक्ष्मी मोबाइल्स, लक्ष्मी सनराइज बैंक, केआईईसी, एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक, क्वेस्ट फर्मास्युटिकल्स, प्रभु बैंक, सालिको, युनाइटेड अजोड इन्स्योरेन्स, स्प्राउट टेक, नेपाल बैंक र आईसीएफसी फाइनान्स सहितका २० कर्पोरेट टीम सहभागी हुनेछन् ।
घरायसी प्रयोजनका लागि देशभर लोकप्रिय बनेको भायानेट पछिल्लो समय कर्पोरेट क्षेत्रमा समेत विश्वासिलो सेवा प्रदायकको रूपमा स्थापित भएको छ । कम्पनीले होटल तथा हस्पिटालिटी, बैंक तथा वित्तीय संस्था, उद्योग, सेवा तथा शैक्षिक संस्थासहित निजी क्षेत्रका विभिन्न संघसंस्थालाई कनेक्टिभिटी सेवा प्रदान गर्दै आएको छ । यसै क्रममा भायानेटले कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सरशिपलाई कर्पोरेट क्षेत्रसँगको सम्बन्ध अझ घनिष्ठ बनाउने अवसरका रूपमा लिएको छ ।
भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले भने, ‘भायानेट आज घरायसी इन्टरनेटको पहिलो रोजाइ मात्र नभई कर्पोरेट क्षेत्रमा पनि विश्वासिलो पार्टनर बनिसकेको छ । भायानेट इन्टरप्राइज इन्टरनेट कनेक्टीभिटीमा मात्र सीमित नभई, आइटी सोलुसन पनि दिने भएकाले ‘बियोण्ड कनेक्सनिटी’ दृष्टिकोण लिएर अघि बढिरहेका छौं । कर्पोरेट क्रिकेट लिगमार्फत हाम्रा प्रमुख पार्टनरहरू बैंक, वित्तीय संस्था, उद्योग, सेवा तथा शिक्षण क्षेत्रसँग अझ नजिक हुने अपेक्षा राखेका छौं । खेलकुदले सम्बन्धलाई बलियो बनाउन ठूलो भूमिका खेल्छ, यही हाम्रो मुख्य उद्देश्य हो ।’




प्रतिक्रिया