नेपालको पर्यटन प्रबर्द्धनमा टिकटकले सहयोग गर्ने, पर्यटन बोर्डसँग साझेदारीको घोषणा

नेपालको पर्यटन प्रबर्द्धनमा टिकटकले सहयोग गर्ने, पर्यटन बोर्डसँग साझेदारीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका अद्वितीय भौगोलिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक अनुभवहरूलाई विश्वभरका दर्शकमाझ प्रवर्द्धन गर्नका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकले मंगलबार संयुक्त साझेदारीको घोषणा गरेका छन् ।

साझेदारीको केन्द्रमा #Lifetime Experiences रहेको छ, जुन क्रिएटाले लिड गर्ने एक अभियान हो र यसले विशेष इन–एप एक्सपिरियन्स प्रदान गरी यात्रुहरूलाई नेपालका घुम्नैपर्ने गन्तव्य र प्रचार नभएका उत्कृष्ट ठाउँहरू पत्ता लगाउन सहयोग गर्नेछ ।

एनटीबी र टिकटकले एकसाथ स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ट्राभल क्रिएटरहरूसँग सहकार्य गर्नेछन्, जसअनुसार उनीहरूलाई नेपाल भ्रमण गर्न निम्त्याइनेछ र उनीहरूको यात्रालाई छोटा आकर्षक भिडियो बनाएस त्यसमार्फत् संसारभरका दर्शकसामु नेपालका सुन्दर प्राकृतिक एवम् सांस्कृतिक सम्पदाहरू प्रस्तुत गर्नेछ ।

अभियान अवधिभर क्रियटरहरूले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, चाडपर्व, उत्सव, कला, खानपान र सामुदायिक परम्परालाई विश्वसामु प्रस्तुत गर्ने खालका कन्टेन्टहरू बनाई टिकटकमार्फत् सार्वजनिक गर्नेछन्, जसले भविष्यमा थप पर्यटकहरूलाई नेपाल भ्रमण गर्ने प्रेरित गर्नेछ ।

एनटीबीले नेपाल भ्रमणमा आउने क्रिएटरहरूलाई स्वागत गर्नेछ र काठमाण्डु उपत्यका तथा अन्य गन्तव्यहरूमा पुग्दा उनीहरूलाई सहज पहुँच होस् भनेर यात्रा, आतिथ्य तथा विज्ञ मार्गदर्शनको समन्वय गर्नेछ । एनटीबीले अभियानका क्षण र कार्यक्रमहरूमा सहभागी गराउन प्रख्यात सार्वजनिक व्यक्तित्वहरू, कलाकारहरू तथा सांस्कृतिक दूतहरूलाई पनि आमन्त्रण गर्नेछ, जसले नेपालको बारेमा देशभित्र र बाहिरका पर्यटकहरूसम्म पुग्ने गरी सकारात्मक सन्देश प्रवाह गर्नेछन् ।

स्थानीयस्तरमा अभियानलाई थप प्रभावकारी बनाउन टिकटकले एनटीबीसँग सहकार्य गरी नेपालमा ३ वटा क्षमता विकास कार्यशाला आयोजना गर्नेछ, जसले स्वदेशी ट्राभल कन्टेन्ट क्रिएटरहरूलाई डिजिटल स्टोरीटेलिङ, दर्शक वृद्धि र ब्रान्ड सहकार्य सम्बन्धी व्यावहारिक सीप प्रदान गर्नेछ ।

यससँगै टिकटकले नेपालका साना तथा मझौला उद्यम (एसएमईस्) र पर्यटन व्यवसायीहरूलाई समेत आफ्नो उत्पादन तथा सेवाहरूलाई टिकटकमार्फत दर्शकसमक्ष प्रस्तुत गर्ने तरिका सिकाउनेछ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले भने, ‘साझेदारीले नेपाललाई विश्वसामु चिनाउन नयाँ अध्यायको सुरुवात गरेको छ । साझेदारीले टिकटकको विश्वव्यापी पहुँचलाई हाम्रो देशका सुन्दर र अविष्मरणीय अनुभवहरूसँग जोड्न र अझै धेरै पर्यटकहरूलाई आफ्नो आगामी गन्तव्यका लागि नेपाल नै रोज्न प्रेरित गर्ने विश्वास हामीले लिएका छौं ।’

टिकटकका दक्षिण एसियाका पब्लिक पोलिसी तथा गभर्मेन्ट रिलेसन्स प्रमुख फर्दोस मोत्ताकिनले भने, ‘नयाँ कुरा पत्ता लगाउने प्लेटफर्मका रूपमा परिचित टिकटक एउटा यस्तो प्लेटफर्म हो, जहाँ विश्व समुदायले नयाँ गन्तव्यबारे तथ्यपरक जानकारी र विश्वसनीय सुझावहरू पाउँछन् । नेपालमा संसारकै अद्भूत प्राकृतिक सुन्दरता र सांस्कृतिक अनुभवहरूको आनन्द लिन सकिन्छ र हामी एनटीबीसँग सहकार्य गरी नेपालका प्राकृतिक एवम् सांस्कृतिक सम्पदा र न्यानो आतिथ्यलाई विश्वसामु प्रस्तुत गर्न उत्साहित छौं ।’

२०२५ को बाँकी अवधिभरि चरणबद्ध रूपमा अघि बढ्ने सहकार्यमार्फत् टिकटकमा निरन्तर रूपमा क्रिएटर आकर्षण कन्टेन्टसँगै विशेष #VisitNepal इन–एप एक्सपिरियन्स पनि उपलब्ध हुनेछ ।

अभियानको मुख्य यसै वर्ष काठमाण्डुमा आयोजना हुने #VisitNepal इभेन्ट हुनेछ, जसमा क्रिएटर, पर्यटन सरोकारवाला र संस्कृतिको क्षेत्रका प्रतिनिधिहरू भेला भई नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा चिनाउने छन् ।