काठमाण्डु – नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्ग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले निकै नै प्रतिक्षा गरिएको ईभी ई–भितारा नाडा अटो शो २०८२ मा प्रदर्शन गरेको छ ।
अटो शोमा दशैंतिहारभरका लागि लक्षित हुने गरी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ पनि सार्वजनिक गरेको हो ।
योजनाअन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, ६ वर्षका लागि नि:शुल्क पीयमएस पार्ट्स, २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र एक्सेसरिजहरू पाउन सक्नेछन् । कम्पनीले नाडा अटो शो लक्षित गरी शो कार्यक्रमभर खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको छुट प्रधान गर्नेछ भने १० भाग्यशाली ग्राहकले १/१ तोला सुन जित्न सक्नेछन् ।
अल्टो र सेलेरियो गाडीमा पनि १ वर्षका लागि शून्य ब्याजदर सुविधा उपलब्ध हुनेछ । शर्तहरूअन्तर्गत सुजुकीले आफ्नो पहिलो मास–प्रोडक्सन इलेक्ट्रिक एसयूभी ई–भितारा सार्वजनिक गर्दै नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रामा नयाँ युगको सुरुवात गरेको छ । विश्वस्तरीय डिजाइन, प्रगतिशील इलेक्ट्रिक मोबिलिटी प्रविधि र भरपर्दो सुजुकी डीएनएको उत्कृष्ट सम्मिश्रणको ई–भितारा नेपालको बाटो, भौगोलिक विविधता र जीवनशैलीका मागअनुसार परिष्कृत र अनुकूलन गरिएको जनाइएको छ, जसले नेपाली उपभोक्तालाई सुरक्षित, भरपर्दो र भविष्यमुखी ड्राइभिङ अनुभव प्रदान गर्नेछ ।
ई–भितारा पहिलो ब्याट्री विद्युतीय गाडी (बीईभी) हो । यसमा २ हजार ७०० मिमि ह्वीलबेस र ५.२ मिटर टर्निङ रेडियस छ, जसले शहरदेखि ग्रामीण भेगसम्म सहज ड्राइभिङ सुविधा दिन्छ । फ्ल्याट–फ्लोर डिजाइनले अधिकतम भित्री ठाउँ र आराम सुनिश्चित गर्ने जनाइएको छ । यसमा एसयूभी स्टाइलिङ इमोसनल भर्सटाइल क्र्युसर अवधारणामा आधारित डिजाइन, १८ इञ्चका एरोडायनामिक अलोय ह्वील्स र बलियो संरचना छ । ४९/६१ किलोवाट ब्याट्री विकल्प सहितको ३–इन–१ इलेक्ट्रिक ड्राइभ युनिटमार्फत यसले ५०० किलोमिटरभन्दा बढीको दूरी तय गर्न सक्छ । माइनस ३० डिग्रीदेखि प्लस ६० डिग्रीसम्ममा परीक्षण गरिएको गाडी अत्यन्तै भरपर्दो मानिएको छ ।
गाडीको भित्री भाग आधुनिक र प्रिमियम सुविधाले भरिपूर्ण छ । यसमा डिजिटल ककपिट, फ्लोटिङ कन्सोल, १०.१ इञ्चको टचस्क्रिन, १०.२५ इञ्च डिजिटल डिस्प्ले र इनफिनिटी बाइ हार्मन अडियो प्रणाली जस्ता प्रविधि समावेश छन् । एडजस्टेबल ड्राइभर सिट, भेन्टिलेटेड फ्रन्ट सिट, प्यानोरामिक सनरुफ र बहुरंगी एम्बिएन्ट लाइटिङले यात्रालाई आरामदायी बनाउँछन् ।
सुरक्षाका दृष्टिले पनि ई–भितारा उन्नत प्रविधिले सुसज्जित छ । यसमा लेभल २ एडीएएस, ७ एयर ब्याग, सबै पाङ्ग्रामा डिस्क ब्रेक तथा अडाप्टिभ ग्रिल सटर छन्, जसले गाडीलाई थप सुरक्षित बनाउनुका साथै ऊर्जा खपत घटाउँछन् र ड्राइभिङ रेञ्ज बढाउँछन् ।
कम्पनीका अनुसार भारतमा उत्पादन हुने ईभी १०० भन्दा बढी देशहरूमा बिक्री गरिनेछ । सुजुकीले ई–भिताराको लञ्चसँगै सन् २०३० भित्र ६ नयाँ ईभी सार्वजनिक गर्ने योजना बनाएको छ । ईभी मात्र नभई कम्पनीले विभिन्न बजारहरूको आवश्यकताअनुसार ग्रीन मोबिलिटी समाधान प्रस्तुत गर्नेछ, जसमा बीईभी (ब्याट्री इलेक्ट्रिक), एचईभी (हाइब्रिड), सीएनजी र बायोफ्युल्स प्रविधिहरूको संयोजन समावेश हुने कम्पनीले जनाएको छ ।




प्रतिक्रिया