टप एण्ड टी-२० शृङ्खलामा नेपाल र मेलबर्न रेनेगेड्स खेल्दै

टप एण्ड टी-२० शृङ्खलामा नेपाल र मेलबर्न रेनेगेड्स खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलामा आफ्नो पाँचौ खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्ससँग खेल्दैछ ।

खेल पार्मस्टनमा नेपाली समयअनुसार सवा ११ बजे शुरु हुनेछ । लगातार तीन खेल हारेको नेपालले मंगलबार चौथो खेलमा होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराउँदै पहिलो जीत निकालेको छ ।

टप एण्ड टी–२० शृङ्खलामा नेपाल यसअघिका तीनवटै खेलमा पराजित भएको थियो । नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।

प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा छ वटा खेल खेल्नेछन् । प्रतियोगिताअन्तर्गत नेपालले शुक्रवार पाकिस्तान साहिन्ससँग खेल्ने छ ।

यो शृङ्खलापछि अस्ट्रेलियामै नेपालले अभ्यास खेल पनि खेल्नेछ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० शृङ्खला र अभ्यास खेल खेल्न लागेको हो ।