काठमाण्डु– अफगानिस्तानमा भएको सडक दुर्घटनामा ७३ जनाको ज्यान गएको छ । बीबीसीले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मृत्यु हुनेमध्ये १७ जना बालबालिका रहेका जनाएको छ।
दुर्घटनाग्रस्त बसमा इरानबाट फिर्ता ल्याइँदै गरेका अफगानी नागरिकहरू सवार थिए।
तालिबान सरकारका सूचना तथा संस्कृति विभागका निर्देशक अहमदुल्ला मुक्तकीका अनुसार काबुलतर्फ गइरहेको बस एक ट्रक र मोटरसाइकलसँग ठोक्किँदा आगलागी भएको हो।
बसमा रहेका सबैको मृत्यु भएको छ भने दुर्घटनामा संलग्न अन्य दुई सवारीका दुई जनाले पनि ज्यान गुमाएका छन्। यो घटना मंगलबार बेलुकी भएको हो।
हालैका महिनाहरूमा इरानले गृहयुद्धका कारण विगतमा पलायन भएका हजारौं अफगानी नागरिकलाई जबरजस्ती स्वदेश फिर्ता पठाउने कार्यलाई तीव्रता दिएको छ।




प्रतिक्रिया