काठमाण्डु– प्रतिनिधिसभामा तय गरिएको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि प्रश्नोत्तर कार्यक्रम स्थगित भएको हो ।
प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार सांसदहरूले उठाउने प्रश्नको जवाफ दिने कार्यसूची आजको बैठकमा राखिएको थियो।
तर एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीको स्वास्थ्यका कारण कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन्।
यससँगै संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने योजना स्थगित भएको छ।




प्रतिक्रिया