रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका छन्।

पूर्वप्रधानमन्त्री प्रचण्डले बुधबार साँझ ६ बजे लामिछानेलाई भेट्ने तय भएको रास्वपाका प्रवक्ता मनिष झालेले जानकारी दिएका हुन्।

लामिछानेलाई गत शनिबार रुपन्देही जिल्ला कारागारबाट नख्खु कारागारमा स्थानान्तरण गरिएको थियो।