काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने दुब्लाएका बताएका छन् ।
बुधबार नख्खु कारागार पुगेर रविलाई भेटेपछि अध्यक्ष प्रचण्डले रवि दुब्लाएको जानकारी दिए ।
उनले भने, ‘म भैरहवा पनि मिल्यो भने जान चाहेको थिएँ । समय परिस्थिति नमिलेर मात्रै हो । आज भेट भयो । उहाँको भैरहवा बस्दाखेरीको स्थिति अलि धेरै नै जटिल उहाँको अनुहारमा पनि देखिन्छ । उहाँ दुब्लाउनुभएको छ ।’
सत्तारुढ कांग्रेस र एमालेले रास्वपालाई गरेको व्यवहारका कारण आगामी चुनावमा बल पुग्ने गरी फाइदा हुनेमा रवि लामिछानेको बुझाइ रहेको प्रचण्डले बताए । ‘राजनीतिक रूपले अहिले कांग्रेस–एमालेले उहाँमाथि जसरी व्यवहार गरेको देखिएको छ । त्यसले उहाँ र उहाँको पार्टीलाई देशभर फाइदा भएको छ भन्ने कुरा उहाँले राम्रो बुझ्नुभएको रहेछ,’ उनले भने, ‘कांग्रेस–एमालेले आफ्नै खुट्टामा बन्चरो हान्ने काम किन गरेका होलान् ?’
अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा २ पटकसम्म क्याबिनेटको गृहमन्त्री लामिछाने नै भएको र अभिभावकको हिसाबले पनि भेट्न पुगेको बताए ।




प्रतिक्रिया