मन्त्री पाललाई बदनाम गर्ने भ्रम फेसबूकमा भाइरल ! के हो तथ्य ? प्रहरी भन्छ– फेक न्युज हो

मन्त्री पाललाई बदनाम गर्ने भ्रम फेसबूकमा भाइरल ! के हो तथ्य ? प्रहरी भन्छ– फेक न्युज हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र बहादुर पालको गाडीले ठक्कर दिएर बैतडीमा १ जना दलित बालकको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा भाइरल भइरहेको सूचना गलत भएको प्रहरीले जनाएको छ ।

दलितका लागि दलित अभियान नेपालको संयोजक बताउने खगेन्द्र सुनारको फेसबूक आईडीबाट मन्त्री पाललाई जोडेर दलित बालक किरण कोलीको हत्या गरेको सूचना प्रवाह गरिएको छ तर स्थानीय प्रहरीले भने करेन्ट लागेर बालक कोलीको मृत्यु भएको प्रस्ट पारेको छ ।

बालुवामा खेल्ने क्रममा करेन्ट लागेर किरणको मृत्यु भएको र आफन्त हरिशचन्द्र कोलीले शव बुझिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । उनका अनुसार किरणको मृत्यु भएको घटना साउन १७ गते भएको हो ।

ईलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र साउँदले किरणको मृत्युमा मन्त्री पाललाई जोड्नु ‘फेक न्युज’ भएको बताए । ‘किरणलाई गाडीले ठक्कर दिएर मारेको भन्ने फेक न्युज हो, करेन्ट लागेर मृत्यु भएको हो,’ उनले भने ।

डिलाशैनी गाउँपालिका–३ गिरीबगरमा बालुवामा खेल्दा करेन्ट लागेर स्थानीय केशव कोलीका छोरा १३ वर्षीय किरण कोलीको मृत्यु भएको साउँदले बताए । ‘जाहेरवाला उनका बाजे हरिशचन्द्र कोलीले दैनिकजसो खेल्न जाने र करेन्ट लागेको अवस्थामा फेला परेको भनेर जाहेरी दिनुभएको थियो, घटना भवितव्य नै हो,’ उनले काठमाण्डुपाटीसँग भने, ‘गोकुलेश्वर अस्पताल दार्चुलामा गरिएको पोस्टमार्टम रिपोर्टले पनि ‘करेन्ट लागी मृत्यु भएको’ भनेको छ ।’ पोस्टमार्टमपछि मृतकका बाजे हरिशचन्द्र कोलीले शव बुझेको उनले बताए । ‘घटनासँग मन्त्रीज्यू कतै पनि जोडिनुभएको छैन, उहाँ गृहजिल्ला आउँदा हामीलाई खबर हुन्छ, लामै समयदेखि उहाँ बैतडी आउनुभएको छैन,’ उनले भने ।

मन्त्री पालका स्वकीय सचिव रमेश बोहराले असार २८ गतेपछि मन्त्री पाल बैतडी नगएका जानकारी दिए । ‘मन्त्रीज्यू असार २२ गते पहाड जानुभयो, असार २८ गते धनगढी फर्किनुभयो । असार २९ गते मन्त्रालयको कार्यक्रममा सहभागी भएपछि उहाँ काठमाण्डुमा हुनुहुन्थ्यो । हिजो–अस्ति मात्रै फेरि धनगढी आउनुभएको छ,’ उनले भने, ‘साउन १७ गते भएको घटनासँग मन्त्रीज्यूलाई जोडेर दुष्प्रचार गर्ने कुरा गलत छ । यसबारे के कानूनी उपचार खोज्ने भन्नेबारे हामी सल्लाह गर्दैछौं ।’

यस्तो छ भ्रमपूर्ण पोस्ट