शिक्षकहरूका ९५% माग पूरा गर्‍यौं : शिक्षामन्त्री पन्त

शिक्षकहरूका ९५% माग पूरा गर्‍यौं : शिक्षामन्त्री पन्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकप्रति सकारात्मक प्रतिक्रिया पाएको भन्दै यसले शिक्षकहरूका ९५ प्रतिशत माग पूरा गरेको बताएका छन् ।

बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षकहरूका ९५% माग पूरा गर्न सफल भएको बताए ।

उनले भने, ‘विधेयक हामीले चाहेजस्तो भएन भनेर असन्तुष्टि राख्ने ठाउँ कसैको छैन । विधेयकमा आएका प्रतिक्रियाहरू सकारात्मक छ । हामीले गर्न सक्ने शिक्षक साथीहरूले ९५ प्रतिशत माग पूरा भएको छ । मन्त्रालयका साथीहरू निरन्तर संवादमा हुनुहुन्छ ।’

उनले शतप्रतिशत माग पूरा गर्न संविधान नै संशोधन गर्नुपर्ने भएको भन्दै कतिपय संशोधन राष्ट्रिय सभामा पनि राख्न सक्ने समेत बताए । उनले अहिलेको पाठ्यक्रम पुरानो भएको भन्दै सबै पाठ्यक्रमको समीक्षा गर्नुपर्ने बताए ।