मधेश प्रदेश सभाको छैठौं अधिवेशन आह्वान

मधेश प्रदेश सभाको छैठौं अधिवेशन आह्वान


जनकपुरधाम – मधेश प्रदेश सभाको छैठौं अधिवेशन आह्वान गरिएको छ ।

बिहीबार प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेश सभाको छैठौं अधिवेशन आह्वान गरेको हो ।

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्को २०८२ भदौ ४ गतेको बैठकबाट प्रदेश सभाको छैठौं अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आएको अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोनिम प्रदेश प्रमुखले भदौ १२ गत्ते बिहीबार दिनको १ बजे मधेश प्रदेश सभाको छैठौं अधिवेशन आह्वान गरेको जानकारी दिएको छ ।