रुपन्देही – लुम्बिनी प्रदेश सरकारले बर्का अट्वारी पर्वको अवसरमा आइतबार लुम्बिनी प्रदेशका थारू बाहुल्य ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
थारु समुदायको बसोवास बढी रहेका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा हुने भएको हो ।
लुम्बिनीको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार थारू समुदायमा महत्त्वका साथ मनाइने बर्का अट्वारी पर्वका लागि भदौ ८ गते आईतबार बिदा दिइएको छ ।
अट्वारी पर्वमा थारू समुदायका पुरुषहरू निराहार व्रत बसी सूर्यको पूजा गर्ने गरेका छन् ।





प्रतिक्रिया