काठमाण्डु – प्रहरीले कोरिया पठाइदिन्छु भनि ठगी गर्ने १ जनालाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीको लागि कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाण्डु महानगरपालिका–१ नक्साल बस्ने ताप्लेजुङको सिरीजंघा गाउँपालिका–१ घर भएकी ३८ वर्षीया साहारा सुब्बा (थेवे) लाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई ललितपुरको ललितपुर महानगरपालिका–२८ हरिसिद्धिबाट पक्राउ गरेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले हालसम्म ९ जना पीडितहरूबाट कोरिया पठाइदिन्छु भनि १ करोड ८ लाख ३० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।




प्रतिक्रिया