राष्ट्रिय सभाबाट नागरिकता संशोधन विधेयक सर्वसम्मतिले पारित

राष्ट्रिय सभाबाट नागरिकता संशोधन विधेयक सर्वसम्मतिले पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — नेपाल नागरिकता विधेयक (दोस्रो संशोधन), २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले नेपाल नागरिकता विधेयक (दोस्रो संशोधन) , २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित गरेको हो।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले गृहमन्त्री रमेश लेखकले पारित गर्न राखेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता विधेयक (दोस्रो संशोधन) , २०८१ सर्वसम्मतिले पारित भएको घोषणा गरे।