टप एन्ड टी-२० सिरिज : पाकिस्तान शाहीन्ससँग १ रनले हार्‍यो नेपाल

टप एन्ड टी-२० सिरिज : पाकिस्तान शाहीन्ससँग १ रनले हार्‍यो नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — अस्ट्रेलिया जारी टप एन्ड टी-२० सिरिजको अन्तिम लिग खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित भएको छ ।

पाकिस्तानले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४३ रन मात्र बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन तथा दिपेन्द्रसिंह ऐरीले अविजित ४१ रन बनाएपनि पर्याप्त हुन सकेन ।

यसअघि डार्बिनस्थित मरारा क्रिकेट मैदान टु मा टस जितेर ब्याटिङ गरेको साहिन्साले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४४ रनको योगफल दिएको थियो ।

शाहिन्सका लागि कप्तान इरफान खान ४२ रनमा नटआउट रहे। अब्दुल समदले बनाएको २६ रनको योगदान दिए। समदले २५ बलमा १ चौका र १ छक्का प्रहार गरे।

मोहम्मद वसिमले २४ रन बनाउँदा सोमपाल कामीको बलमा कट एण्ड बोल्ड हुन पुगे। ओपनर यासिर खानले १८ रन बनाए। मेहरन मुमताजले १० रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

शाहिन्सलाई कम स्कोरमा रोक्न नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए। नन्दन यादव, दिपेन्द्र सिंह ऐरिले समान २ विकेट झारे। कुशल भुर्तेलले एक विकेट आफ्नो नाममा गरे।