बुबा–आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं आदर गर्नुपर्छ : प्रधानमन्त्री

बुबा–आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं आदर गर्नुपर्छ : प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा–आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं आदर र सम्मान गर्नुपर्ने बताएका छन् ।

शनिबार बुबाको मुख हेर्ने दिनको अवसरमा शुभकामना दिदैँ प्रधानमन्त्री ओलीले बुबाको मुख हेर्ने दिन परम्परामा पितृ सम्मानको प्रतिकात्मक दिन भएपनि बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं आदर गर्नुपर्ने बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आजको दिन टाढा रहेका छोराछोरी पनि यस दिन बुबाको मुख हेर्न आउने गर्छन् ।’

उनले लेखेका छन्, ‘बुबाको मुख हेर्ने दिन, हाम्रो परम्परामा पितृ सम्मानको प्रतीकात्मक दिन हो । बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं आदर, सम्मान गर्नु पर्छ । टाढा रहेका छोराछोरी पनि यस दिन बुबाको मुख हेर्न आउने भएकाले यो विशेष दिन भएको हो । सबैका जीवित पिताहरुलाई नमन, दिवंगत पितृहरूलाई श्रद्धा, बुबाको मुख हेर्ने दिन सबैलाई शुभकामना !’

यस्तै, उनले आज बिहानै आफ्नो पितासँग आशीर्वाद लिएको भन्दै सधैँ उनको सुस्वास्थ्य र दीर्घायुको कामना गरेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो बाल्यकाल सम्झदै लेखेका छन्, ‘म ४ वर्षको हुँदा आमा बित्नु भयो । उहाँको अनुहारको धमिलो सम्झना मात्र मसँग बाँकी छ । आज बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औंसी अर्थात् कुशे औँसी । बिहानै बुबासँग आशीर्वाद लिएँ । बुबा ९६ वर्षको हुनुभयो, कान अलि कम सुन्नुहुन्छ, पुस्तक पढ्न अझै चस्मा लगाउनु पर्दैन, नजिकसम्मका हिँडडुल गर्न सक्नुहुन्छ । बुबासँग एकछिन् उतिबेलाका केही प्रसङ्गमा कुरा भए । उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना छ ।’