पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वर मन्दिरमा श्रद्धालुहरूको घुइँचो (तस्वीरहरू)

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वर मन्दिरमा श्रद्धालुहरूको घुइँचो (तस्वीरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशेऔँसी पर्व वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइरहेका छन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। यसदिन उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।

यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरेर सिदा दान दिने प्रचलन रहेको छ ।

यसैदिन विशेषगरी उत्तरगया भनेर चिनिने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ ।
यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको बिहानैदेखि घुइँचो लागेको छ ।