द्रुतमार्गका लागि नेपाली सेनाले माग्यो अतिरिक्त ६८ करोड

द्रुतमार्गका लागि नेपाली सेनाले माग्यो अतिरिक्त ६८ करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं – नेपाली सेनाले काठमाडौं–तराई मधेश द्रुतमार्ग निर्माणमा खटिएका सैनिकका लागि प्रोत्साहन रकमका नाममा अतिरिक्त ६८ करोड रुपैयाँ मागेको छ।

सेनाले सरकारले वार्षिक बजेटमा छुट्याएको रकमबाहेक प्रत्येक वर्ष १७ करोड रुपैयाँका दरले प्रोत्साहन रकम मागेको हो। करिब एक खर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना चार वर्षमा सक्ने लक्ष्य छ।

सरकारले विभिन्न निकायमा कार्यरत निजामती कर्मचारीलाई विभिन्न शीर्षकमा दिँदै आएको प्रोत्साहन रकम कटौती गरिरहेका बेला सेनाले उक्त रकम मागेको छ। सरकारले २०१७ को अगस्टमा सम्भावित खर्च मूल्यांकन नगारी द्रुतमार्ग निर्माण आयोजना सेनालाई हस्तान्तरण गरेको थियो। यो समाचार आजको नागरिक दैनिकमा छ ।