जनकपुरमा जसपा नेपालको प्रदर्शन

जनकपुरमा जसपा नेपालको प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाले जनकपुरधाममा आईतबार विरोध तथा जनप्रदर्शन गरेको छ ।

हजारौंको संख्यामा जसपा नेपालका नेता तथा कार्यकर्ताले जनकपुरधाममा विरोध र्याली निकाल्नुका साथै जनप्रदर्शन गरेका छन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि झूटा आरोप लगाइएको भन्दै जसपा नेपालले विरोध स्वरूप जनकपुरधाममा लगातार १ हप्तादेखि विरोध प्रदर्शन गर्दै आएको छ ।

विरोध प्रदर्शन जनकचोकबाट सुरु भई भानुचोक, कदमचोक, विद्यापति चोक हुँदै पुन: जनक चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।

हजारौंको सहभागिता रहेको विरोध प्रदर्शनको क्रममा जसपा नेपालका नेता कार्यकर्ताहरूले मधेश माथिको षड्यन्त्र तत्काल रोक्न सरकारलाई चेतावनी दिएको छन् ।

भूमि विधेयकमा अहसयोग गरेको झोकमा अध्यक्ष उपेन्द्र यादवलाई गौर घटनामा फसाउन षड्यन्त्र भइरहेको भन्दै उनीहरूले सरकारको आलोचना गरेका छन् ।

प्रदर्शनकारीहरूले भूमि विधेयक फिर्ता लेऊ, झूटा मुद्दा खारेज गर, मधेशमाथि षड्यन्त्र बन्द गर जस्ता नारा लगाएका थिए । कोणसभामा नेताहरूले सरकारबाट भइरहेको मधेशमाथिको षडयन्त्र तत्काल बन्द नगरिए कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।

उनीहरूले भूमि विधेयकमार्फत मधेशलाई औपनेशिकीकरण गर्दै मरुभूमिमा रूपान्तरण गर्ने षडयन्त्रको विरोध गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवलाई १८ वर्ष पुरानो मुद्दा फसाउन राज्य संयन्त्र लागिपरेको आरोप समेत लगाएका छन् ।