प्रचण्ड किन पुगे विप्लव निवास ? के भयो छलफल ?

प्रचण्ड किन पुगे विप्लव निवास ? के भयो छलफल ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड ललितपुरको हरिसिद्धिस्थित विप्लवको निवासमै पुगेर भेटवार्ता गरेका हुन् ।

उनीहरूबीच पार्टी एकताको बारेमा छलफल भएको छ । त्यस्तै, भेटमा पछिल्लो राजनीतिक गतिरोधबारे पनि छलफल भएको छ ।

माओवादी स्थायी कमिटी बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेको छ । तर, एकताका लागि अहिलेसम्म कार्यदल भने गठन हुन सकेको छैन ।

नेकपाले भदौ २२ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले एकताबारे निर्णय गर्ने तयारी गरेको छ ।