सुशासन समितिका सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक

सुशासन समितिका सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद् सचिवालयले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

सचिवालयले सोमबार सूचना जारी गर्दै भदौ १० गते मंगलबार अपराह्न १–४ बजेसम्म समितिको कुनै सदस्यलाई समितिको सभापतिमा निर्वाचित गरियोस् भनी अर्को एक सदस्यको समर्थनसहित सचिवको कार्यकक्षमा प्रस्ताव दर्ता गर्न सकिने जनाएको छ ।

मंगलबार अपराह्न ४:१५ बजे निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको सूची प्रकाशन गरिनेछ । भदौ ११ गते बुधबार अपराह्न ३ बजे समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको प्रतिनिधिसभा सचिव हर्कराज राईले जनाएका छन् ।

समितिका तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा नयाँ सभापति चयन प्रक्रिया अघि बढेको छ ।