काठमाण्डु – राष्ट्रिय स्वतन्त्त पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र दृढतापूर्वक प्रस्तुत हुन माग राखेको छ ।
पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले मंगलबार विज्ञप्तिजारी गर्दै प्रधानमन्त्रीले सीमाका विषयमा कुरा उठाउन आग्रह गरेका छन् ।
भारत र चीनबीच नेपाली भुभाग लिपुलेक पास हुँदै परम्परागत सीमा व्यापार मार्ग पुनः खोल्ने विषयमा भएको हालैको सम्झौतापछि नेपाल सरकारले प्रस्तुत गरेको रवैयाप्रति पार्टीको ध्यानाकर्षण भएको जनाउँदै उनले यस्तो माग गरेका हुन् ।
नेपालको संविधान, सन् १८१६ को सुगौली सन्धि र त्यसपश्चात् भएका अन्य ऐतिहासिक सन्धिसम्झौताहरूका आधारमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको सार्वभौम भूमिको अविभाज्य अंश भएको विषयमा पार्टी स्पष्ट रूपमा हिमाल झै अडिग रहेको उल्लेख जनाउँदै विवादहरूको समाधान कूटनीतिक र संवादबाट खोज्नुपर्ने पनि खनालले सुझाव दिएका छन् ।
साथै पार्टीले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अविभाज्य हिस्सा भएको र यसको रक्षाका लागि सरकारलाई दृढ कदम चाल्न आह्वान गरेको छ।





प्रतिक्रिया