अस्ट्रेलियामा पहिलो टी-२० अभ्यास खेलमा नेपाल विजयी

अस्ट्रेलियामा पहिलो टी-२० अभ्यास खेलमा नेपाल विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमणका क्रममा खेलेको पहिलो अभ्यास टी२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई हराएको छ।

नेपालले एसीटीलाई ४१ रनले पराजित गरेको हो। नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा १३६ रनमा अलआउट भयो।

नेपालको जीतमा पूर्वकप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए। ४ ओभर बलिङ गर्दा सन्दीपले ३१ रन दिए। करण केसीले २ तथा कुशल भुर्तेल र रुपेश सिंहले समान १(१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६९ रनको अर्धशतकीय पारी खेले। कप्तान रोहित पौडेलले ३६ रन थपृ।

नेपालले यस खेल सकिएलगत्तै मंगलबार नै दोस्रो टी २० पनि खेल्नेछ।