एमाले केन्द्रीय कमिटी बैठक स्थगित

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ ।

भदौ १३ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

प्रधानमन्त्री ओली भदौ १४ गते चीन भ्रमण जाँदैछन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा बैठक परेपछि स्थगित गरिएको छ ।

विधान संशोधनका लागि सुझावहरू आउने क्रम जारी रहेको र सुझावलाई लिपिवद्ध गर्ने काम नसकिएकाले बैठक स्थगित गरिएको जनाइएको छ । प्रमुख गौतमले अर्को मिति घोषणा नहुँदासम्म केन्द्रीय कमिटीको बैठक स्थगित भएको बताए ।

एमालेले भदौ २०–२२ गतेसम्म विधान महाधिवेशन गर्दैछ । विधान महाधिवेशनमा पेश हुने विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिन केन्द्रीय कमिटी बैठक बोलाइएको थियो ।