राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपानेको उम्मेदवारी दर्ता

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपानेको उम्मेदवारी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गरेकी छन् ।

मंगलबार कांग्रेसका शीर्ष नेताहरूको बैठकले आफूलाई समितिको सभापतिमा उठाउने निर्णय गरेसँगै उम्मेदवारी दिएको न्यौपानेले बताइन् ।

उनले भनिन्, ‘म संसदीय सुनुवाइ समितिको सभापति नै थिएँ, मलाई बिहान पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाउने निर्णय पदाधिकारीले गर्‍यो भन्नुभयो । म त पार्टीकै कार्यकर्ता नाई भन्ने कुरा पनि भएन । त्यसपछि हामीले भर्खरै आएर मनोनयन दर्ता गरेका छौं ।’

यसअघिका संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि न्यौपानेलाई अघि सारिएको हो ।

तत्कालीन सभापति खतिवडाले भने नैतिक आधारमा हाँसीहाँसी राजीनामा दिएको बताए । सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू सभापति हुँदा महत्त्वपूर्ण विधेयकमा काम गर्न सफल भएको भन्दै करीब ८० वटा बैठक बस्न सफल रहेको बताए ।