काठमाण्डु – कवाड व्यवसायी संघर्ष समितिले काठमाण्डु महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’विरुद्ध प्रदर्शन गरेका छन् ।
मंगलबार काठमाण्डुका नगर प्रमुख बालेनले कवाड व्यवसायीमाथि गुण्डागर्दी गरेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
कवाड व्यवसायी संघर्ष समितिमा संयोजक राम केवल गुप्ताका अनुसार २ वर्षदेखि नगर प्रमुखले कवाडी व्यवसायीका घर र व्यवसायमा डोजर लगाउने काम गरेकाले त्यसविरुद्ध व्यवसायीहरूले प्रदर्शन गरेको हुन् ।
उनले भने, ‘महानगरले के भन्छ भने यो कवाडी रहँदैन, हामी निजी जग्गामा, व्यक्तिसँग जग्गा लिएर व्यवसाय गरिरहेका छौं । हामीले सरकारसँग व्यवसाय गर्ने अनुमति लिएर व्यवसाय गरेका छौं भने मेयरले त्यसो भन्ने अधिकार छैन नि !’
उनले समस्या भए वार्तामार्फत मिलाउन भन्दै महानगरले १ अर्ब रुपैयाँका लागि आफूहरूलाई हटाउन खाजेको पनि बताए । ‘गरीबको घरमा डोजर लगाइदिने ? सबै भत्काएर भगाइदिने ? काठमाण्डुबाट कवाडलाई हटाएर १ अर्ब रुपैयाँ महानगरलाई आउने भएको हुनाले हामीलाई हटाउन खोजिएको हो,’ उनले भने ।




प्रतिक्रिया