काठमाण्डु – नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ परेका छन् ।
अदालतबाट अनुमति लिएर पक्राउ पुर्जी जारी भएपछि अनुसन्धानमा सघाउन महर भन्दै महर आफैं प्रहरीमा गएर पक्राउ परेका हुन् ।
साइबर अपराधअन्तर्गत एक महिलाले हुलाकमार्फत प्रेषित गरेको जाहेरीका आधारमा अदालतबाट अनुमति लिएर महरलाई पक्राउ गरिएको प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए ।




प्रतिक्रिया