सरोज पौडेल निर्देशित ‘कोशेढुंगा’ आजबाट प्रदर्शनमा आयो

सरोज पौडेल निर्देशित ‘कोशेढुंगा’ आजबाट प्रदर्शनमा आयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार नेपाली चलचित्र ‘कोशेढुंगा’ को प्रिमियर शो सम्पन्न भएको छ । प्रिमियर सम्पन्न भएसँगै बिहीबार देखि ‘कोशेढुंगा’ प्रदर्शनमा आएको छ। यो फिल्म नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज भएको हो।

भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमीको अवसरमा रिलिज भएको यस फिल्मले देशभरिका हलबाट १०३ शो पाएको छ।

चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, मन्जिल कुमार, सरोज खनाल, हिउँवाला गौतमलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

नेपाली चलचित्रको इतिहासकै व्यावसायिक कीर्तिमानी चलचित्र ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेलले यो चलचित्र निर्देशन गरेका हुन् ।

यसमा निर्देशक पौडेल स्वयंको लेखन छ । बाबु श्रेष्ठको छायांकन रहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष् अविरल र रिदम कँडेलको संगीत छ ।

नरदेवी फिल्म्स र सारंगी फिल्म्सले निर्माणमा सहकार्य गरेको यो चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग हुन् ।