काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकको विषय संसद्देखि चीनसम्म उठाउने उद्घोष गरेका छन् ।
नेकपा एमाले काठमाण्डुका अगुवा नेताहरूसँग बालुवाटार भेटवार्ताका क्रममा उनले राष्ट्रिय सहमति जुटाएर लिपुलेकका विषयमा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताए ।
प्रधानमन्त्री अोलीले राष्ट्रिय सहमतिसँगै संसद्को समेत विश्वास समेत लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय मोदीसँग प्रस्ट कुरा राख्ने जनाएका छन् ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी मुद्दामा दुवै देशका नेतासँग बलियो कुरा राख्ने प्रधानमन्त्रीले बताएका भेटमा सहभागी नेताहरूले बताएका छन् ।
प्रधानमन्त्री ओलीले भदौ १४ गते शनिबार लिपुलेकबारे प्रतिनिधि सभालाई सम्बोधन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले भने, ‘लिपुलेकबारे १४ गते संसद्मा कुरा राख्छु र संसद्को विश्वास लिएर भारत–चीन दुवै देशका नेतासँग बलियो कुरा गर्छु ।’
भारत–चीनले लिपुलेक हुँदै व्यापार गर्ने सहमति गरेपछि पुन: सीमाको चर्चा चुलिएको छ ।




प्रतिक्रिया