काठमाण्डु – दक्षिण एसियाली फुटबल महासंघ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता यु–१७० च्याम्पियनसिपअन्तर्गत शुक्रबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाली समयअनुसार खेल अपराह्न ६ बजे हुनेछ । डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अंकका साथ पहिलो स्थानमा छ भने ३ अंकका साथ नेपाल तेस्रो स्थानमा छ।
घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ। ९ अंकका साथ बंगलादेश दोस्रो स्थानमा छ। प्रतियोगितामा यिनै चार देश सहभागी छन्।
खेल तालिकाअनुसार भदौ १५ गते भुटानसँग नेपाल भिड्ने छ। उपाधि जित्ने होडबाट नेपाल बाहिरिएको छ।




प्रतिक्रिया