३ महिनादेखि राप्रपा र रास्वपाको संसद् बहिष्कार जारी

३ महिनादेखि राप्रपा र रास्वपाको संसद् बहिष्कार जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आज (शुक्रबार)पनि संसद बैठक बहिष्कार गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले आफ्ना केहि कुरा राखेर रास्वपा सांसद गणेश पराजुलीलाई बोल्न दिए ।

सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा संसदीय छानविन समिति गठन भएसम्म आन्दोलन जारी रहने बताए ।

यस्तै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भारत र चीनबिच लिपुलेकलाई समेटेर भएको सहमतिप्रति आपत्ति जनाउदै संयुक्त राष्ट्र सङ्घमा कुरा राख्न माग गरे ।

उनीहले आफ्नो भनाई राखेपछि बैठक बहिस्कार गरेर सदनबाट बाहिरिए ।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरुले जेठ १३ गतदेखि सदनमा निरन्तर विरोध जनाउदै आएका छन् ।