पूर्वराष्ट्रपति भण्डारीलाई ५१ किलोको मालाले स्वागत

पूर्वराष्ट्रपति भण्डारीलाई ५१ किलोको मालाले स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वराष्ट्रपति विद्या भण्डारी वीरगंज पुगेकी छन् । उद्योग वाणिज्य संघले आयोजना गरेको बीआइसीसीआई बृहत महिला सम्मेलन २०८२ मा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी वीरगंज पुगेकी हुन् ।

उनको स्वागतका लागि एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य केदार न्यौपाने, अरबिन्द्र सिंह, प्रदेशका सचिव मनोज पौडेल, प्रदेश सचिवालय सदस्य जय प्रकाश थारु, जितपुर सिमरा उप मेयर भोला अधिकारी, जितपुर सिमरा अध्यक्ष त्रिलोक शाह, र विरगंज महानगर अध्यक्ष नवराज शर्मालगायतका नेताहरु सिमरा पुगेका छन् ।

भण्डारीलाई वीरगन्जमा एमाले कार्यकर्ताहरुले ५१ किलोको माला लगाइदिएर सम्मान गरेका थिए । उनले बीआइसीसीआई वृहहत महिला सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ।