काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन शनिबार जनवादी गणतन्त्र चीनको थ्येनचिन शहरमा पुगेका छन् ।
मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो ३:१५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थ्येनचिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन् ।
उनलाई चीन सरकारका उच्च अधिकारी र नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङ लगायतले स्वागत गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थ्येनचिनमा चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यसूची छ ।
प्रधानमन्त्री ओलीले १ सेप्टेम्बरमा शाङ्हाई शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै सम्मेलनको अवसरमा विश्वका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता गर्नेछन् ।




प्रतिक्रिया