भारतीय राष्ट्रिय रक्षा कलेजको अध्ययन टोलीद्वारा सैनिक जङ्गीअड्डा भ्रमण

भारतीय राष्ट्रिय रक्षा कलेजको अध्ययन टोलीद्वारा सैनिक जङ्गीअड्डा भ्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय राष्ट्रिय रक्षा कलेजमा सञ्चालन भइरहेका राष्ट्रिय रक्षा पाठ्यक्रममा सहभागी विभिन्न राष्ट्रका शिक्षार्थी तथा संकाय सदस्य समेत सम्मिलित भ्रमण टोली अध्ययन भ्रमणको क्रममा नेपाल आएको छ ।

आईतबार प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय राष्ट्रिय रक्षा कलेजका अतिरिक्त सचिव रेखा यादवबिच जङ्गीअड्डामा शिष्टाचार भेटघाट भएको छ ।

भेटघाटपछि भ्रमण दलका सदस्यहरूलाई नेपाली सेनाको इतिहास, संरचना र वर्तमान गतिविधिबारे विस्तृत जानकारी गराइएको थियो ।

नेबरहुड स्टडी टूरअन्तर्गत नेपाल भ्रमणमा आएको टोलीले काठमाण्डुका साथै नेपालको ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरूको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

नेपाली सेनाका अनुसार यस्ता अध्ययन भ्रमणहरूले अनुभव आदानप्रदान र २ देशबीचको सैनिक सम्बन्धलाई अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ । नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।