काठमाण्डु– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाली राष्ट्रिय फुटबल टोली र बङ्गलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच मैत्रीपूर्ण खेल हुने भएको छ ।
यही भदौ २१ र २४ गते हुने दुई मैत्रीपूर्ण फुटबल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
उनका अनुसार बङ्गलादेशको राष्ट्रिय फुटबल टोली यही भदौ १८ गते नेपाल आइपुग्नेछ ।
बङ्गलादेशी टोलीलाई अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र ललितपुरको च्यासलस्थित च्यासल रङ्गशालाको मैदानको व्यवस्था गरिएको एन्फाले जनाएको छ ।
उक्त खेलका लागि भिआइपी प्याराफिटतर्फ १ हजार र साधारण प्याराफिटर्फ ५ सय टिकट दर निर्धारण गरिएको छ ।




प्रतिक्रिया