काठमाण्डु – नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
भदौ १९ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
भदौ २०–२२ गते गोदावरीमा हुने विधान महाधिवेशनबारे तयारीका लागि बैठक बोलाइएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुनेछ ।
केन्द्रीय सचिवालय बैठकबाट सबै दस्तावेज प्रस्ताव गरेर विधान महाधिवेशनमा लैजाने तयारी छ ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली भदौ १८ गते चीन भ्रमणबाट फर्किएपछि भदौ १९ गते सचिवालय बैठक बस्ने भएको छ ।




प्रतिक्रिया