काठमाण्डु – संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मंगलबार दिउँसो सर्वसम्मत पारित गरेको विधेयकको प्रतिवेदन समितिका सभापति तुलसाकुमारी दाहालले राष्ट्रिय सभाको पहिलो बैठकमा पेश गरेकोमा १५ मिनेटपछि बसेको बैठकले पारित गरेको हो ।
राष्ट्रिय सभाको दोस्रो बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव गरेकी थिइन् ।
प्रस्तावमाथिको छलफलमा सांसद कृष्णबहादुर रोकाया, गोपीबहादुर अछामी, गोपाल भट्टराई, मायाप्रसाद शर्मा, राधेश्याम पासवान, पदमबहादुर परियार विष्णुबहादुर विश्वकर्मा, रेणु चन्द लगायतले भाग लिएका छन् ।
सांसदहरूले उठाएका विषयमा जवाफ दिएलगत्तै मन्त्री न्यौपानेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि सर्वसम्मतबाट पारित गरिएको छ ।




प्रतिक्रिया