एएफसी यू-२३ एसियन कप छनोट आजदेखि सुरु हुँदै, नेपाल र ताजाकिस्तान खेल्दै

एएफसी यू-२३ एसियन कप छनोट आजदेखि सुरु हुँदै, नेपाल र ताजाकिस्तान खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एएफसी यू –२३ एसियन कप छनोट बुधबारदेखि सुरु हुँदैछ । बुधबार ताजकिस्तानको दुसान्बेस्थित पामीर स्टेडियममा नेपालले घरेलु टिम ताजाकिस्तानसँग पहिलो खेल खेल्दैछ ।

नेपाल र ताजकिस्तान बीचको खेल नेपाली समयअनुसार साँझ सवा ८ बजे सुरु हुनेछ । समूह ‘के’ मा रहेको नेपालले ताजिकिस्तान, फिलिपिन्स र सिरियासँग खेल्नेछ । सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्नेछ ।

टोलीका प्रमुख प्रशिक्षक नवीन न्यौपाने हुन् भने टोलीमा गोलकिपर क्रिसल मोक्तान, अमित टमाटा, विशाल केसी रहेका छन् ।

डिफेन्डरमा विवेक गुरुङ, विशाल नेपाली, लहान सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु, सीमान्त थापा छन् ।

मिडफिल्डरमा आयुष घलान (कप्तान), अभिषेक स्यान्तान,एरोन थापा, निरज कार्की, दिपेश गुरुङ, कृतिस रत्न छुन्जु, पुजन थापा, संजीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ रहेका छन् । फर्वाड निराजन धामी र रोहन खड्की हुन् । एसटीएमको कप्तानी राष्ट्रिय टिमका सबै सदस्य रहिसकेका आयुष घलानले गर्नेछन् ।