रास्वपा–राप्रपाको सदन बहिष्कारले पार गर्‍यो पहिलो ‘सेन्चुरी’

रास्वपा–राप्रपाको सदन बहिष्कारले पार गर्‍यो पहिलो ‘सेन्चुरी’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (बुधबार) पनि संसद बैठक बहिष्कार गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाबाट हरि ढकाल र राप्रपाबाट ज्ञानेन्द्र शाहीले आफ्नो भनाई राखेपछि बैठक बहिष्कार गरेर सदनबाट बाहिरिएका छन् ।

यो सँगै रास्वपा र राप्रपाले बैठक बहिष्कार गरेको एक सय दिन पुगेको छ ।

उनीहरुले जेठ १३ गतेदेखि भिटिज भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर निष्पक्ष छानविनको माग गर्दै सदन बहिष्कार गर्दै आइरहेका छन् ।

आजको बैठकमा रास्वपाका सांसद हरि ढकालले संविधानका पवित्र शब्दहरु र ति शब्दहरुका मर्म र भावना अनुसार यो लोकतन्त्रलाई उन्नत लोकतन्त्र कसरी बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो दल दृढ रहेको बताएका छन् ।

उनले भने, ‘हामी संस्कारमा सम्भावना खोजिरहेका छौं । हामी राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेका छौं । हामी संविधानका ति पवित्र शब्दहरु र ति शब्दहरुका मर्म र भावनाहरु अनुसार यो लोकतन्त्रलाई उन्नत लोकतन्त्र कसरी बनाउन सकिन्छ, यो लोकतन्त्रलाई सुदृढ लोकतन्त्र बनाउन हाम्रो दल दृढ छ ।’

साथै, उनले भिजिट भिसाको नाममा गरिएको मानव तस्करी र भ्रष्टाचारविरुद्ध आन्दोलित हुँदै गर्दा सत्ता पक्षले सुन्दै नसुनि ९५ दिन प्रतिवादमा खर्च गरिरहेको बताए ।

यस्तै राप्रपाका सांसद ज्ञानेन्द्र बहादुर शाहीले आफूहरू निरन्तर भिजिट भिसा प्रकरणको छानबिनको मागमा रहेको बताए । आफूहरूको माग सम्बोधन नहुँदा देख्नेहरूलाई समेत लाज हुन थालिसकेको उनले बताए ।

त्यसपछि दुवै दलका सांसदहरू बैठक कक्षबाट बाहिरिए ।