एमाले विधान महाधिवेशन : ९ समूहमा छलफल गरिने

एमाले विधान महाधिवेशन : ९ समूहमा छलफल गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)को विधान महाधिवेशनमा ९ वटा समूह विभाजन गरेर विधानमा छलफल गराउने र सोही समूहको सुझाव लिएर विधान संशोधन गर्ने तयारी भएको छ ।

ललितपुरको गोदावरीमा भदौ २० गतेदेखि हुने विधान महाधिवेशनमा अध्यक्ष केपी शार्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गरेपछि नौ समूह बनाएर छलफल गर्ने तयारी गरेको हो ।

नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार तीन वटा प्रतिवेदन उद्घाटन सत्रपछि प्रस्तुत भइसकेपछि भदौ २१ गते दिनभर प्रतिनिधिहरुबीच ९ जटा समूह विभाजन गरि दिनभर समूह छलफल, रिपोर्ट लेखन र प्रस्तुती गर्ने तालिका बनाइएको छ ।

पार्टीका अध्यक्ष, उपाध्यक्ष र महासचिवले प्रस्ताव गरेको प्रतिवेदनमा समूहमा छलफल भएपछि प्रतिनिधिहरुको मत बाझियो भने हलको अभिमत लिएर बहुमतको आधारमा टुङ्गो लगाउने कार्यतालिका छ ।

गौतमका अनुसार विधान अधिवेशनको हलले विकसित राजनीतिक घटनाक्रमलाई पनि सम्बोधन गर्ने प्रस्ताव पास गर्दै विधान पारित गरिने तयारी छ