संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध

संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध चयन भएका छन्।

सङ्घीय संसद् सचिवालयले बिहीबार दिउँसो २ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न समय दिएको थियो। सो अवधिभित्र खतिवडाको मात्रै उम्मेदवारी परेपछि उनी स्वतः निर्विरोध भएका हुन्।

यसअघि संघीय निजामती सेवा विधेयक–२०८० मा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधान परिवर्तन गर्ने प्रकरणमा संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर गरेपछि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका थिए।

सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार उम्मेदवारी दर्ता अवधिभित्र अन्य कसैले नाम नदिएपछि खतिवडा निर्विरोध भएका हुन्।

राज्य व्यवस्था तथा सुशासन समितिकी तत्कालीन सभापति ईश्वरीदेवी न्यौपानेले भदौ १० गते राजीनामा दिएपछि रिक्त भएको पदमा नयाँ सभापति चयन गर्न सचिवालयले तालिका तय गरेको थियो।