भण्डारीको सदस्यताको विषय विधान महाधिवेशनमा छलफल हुँदैन : ओली

भण्डारीको सदस्यताको विषय विधान महाधिवेशनमा छलफल हुँदैन : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयलाई अनावश्यक ढंगले उचालिएको टिप्पणी गरेका छन्।

ललितपुरको गोदावरीस्थित सनराईज हलमा शुक्रबारदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारीको सदस्यताको विषय विधान महाधिवेशनसँग सम्बन्धित नभएकाले छलफल नहुने स्पष्ट पारे ।

उनले विधान महाधिवेशनमा विधि र विधानसँग सम्बन्धित विषयमात्रै उठ्ने उल्लेख गरे ।

पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताको विषयमा कमिटीगत छलफलको विषय भएकाले सोही ठाउँमा त्यस विषयमा छलफल हुने पनि ओलीले बताए। पार्टीमा कतिपय कुराहरू अनावश्यक ढंगले अघि बढाउन खोजिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई विधान महाधिवेशनको छलफलको विषय भन्न नसकिने स्पष्ट पारे। उनले विधान महाधिवेशनमा विधानसँग सम्बन्धित विषयमा छलफल केन्द्रित हुने पनि बताए।

विधान महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन पेश गर्नेछन्। प्रधानमन्त्री ओलीले सोही कार्यसूचिमा केन्द्रित भएर विधान महाधिवेशनमा छलफल हुने पनि बताए।

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषयमा पार्टीका दुई उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले फरक मत राखेका छन् ।

त्यस्तै, स्थायी कमिटी सदस्य कर्ण थापाले पनि फरक मत दर्ता गराएका छन् ।

ज्ञवाली र पाण्डेको फरक मतले विधान महाधिवेशनमा प्रवेश नपाउने बताइएको छ भने थापाको मतबारे पनि छलफल हुने एमालेले बताएको छ ।