एभरेस्ट महिला भलिबलमा आज दुई वटा खेल हुँदै

एभरेस्ट महिला भलिबलमा आज दुई वटा खेल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा आइतबार दुई वटा खेल हुँदैछन् ।

पोखराको बहुउद्देश्यीय कभर्डहलमा हुने पहिलो खेलमा मधेश युनाइटेड र काठमाण्डौ स्पाइकर्स खेल्दैछन् । यो खेल दिउँसो २ बजे शुरु हुनेछ ।

यस्तै दिउँसो ४ बजे लुम्बिनी लाभास र पोखरा निन्जाजबीच खेल हुँदैछ । शनिबार भएको खेलमा ललितपुर क्वीन्स, कर्णाली यशविस र मधेश युनाइटेड विजयी भएका थिए । प्रतियोगितामा छ वटा टोली रहेका छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुनेछ ।