काठमाण्डु– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जतिसुकै हेपिए पनि देशलाई हेपेको नसहने प्रष्ट पारेका छन् ।
दोस्रो विधान महाधिवेशनको अन्तिम दिन अध्यक्ष ओलीले आइतबार कार्यकर्तालाई सम्बोधन गर्दै राष्ट्रियताप्रतिको अडानलाई पुनः दोहोर्याए ।
‘मलाई जति सुकै हेपियोस् म हेपिन तयार छु र सहन्छु । तर देशलाई हेपेको सहन्नँ । देशलाई हेप्न, होच्याउन पाइँदैन । हाम्रो स्वाभिमान माथि ठेस पुर्याउन पाइँदैन’, ओलीले भने ।
समसामयिक विषयमा प्रतिनिधिलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालबारे भने, ‘हामी वाक स्वतन्त्राताका लागि बलिदान दिएर आएका हौं । त्यसैले हाम्रो पार्टी सामाजिक सञ्जालमाथि असहिष्णु भए छ कि ? भन्ने कसैमा भ्रम नपरोस् । सामाजिक सञ्जाललाई कानून बमोजिम चल्न, दर्ता हुन र कर तिर्न एक वर्षदेखि भन्दै आएका हौं । तर अटेरी गरिरहेका छन् ।’
कतिपयले ‘जेनजी पुस्ता’लाई सामाजिक सञ्जाल बन्दको विरुद्ध विद्रोह गराउने भनिए पनि ‘जेनजी पुस्ता’ हेपाहा प्रवृत्तिको विरुद्धमा रहेको ओलीले बताए ।




प्रतिक्रिया