जेन–जी आन्दोलनमा सांसदद्वय कोइराला र सिंहको समर्थन

जेन–जी आन्दोलनमा सांसदद्वय कोइराला र सिंहको समर्थन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सोमबार हुने जेन–जी पुस्ताको आन्दोलनलाई लिएर सांसदहरूले सार्वजनिक रूपमा समर्थन व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आन्दोलनप्रति सकारात्मक टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध सडकमा उत्रिएका युवाहरूलाई देशमै बस्ने, केही गर्ने सोच भएका सक्षम पुस्ताको परिचायकका रूपमा व्याख्या गरेका छन् ।

कोइरालाले जेन–जी पुस्ताको आवाज सुन्न सरकारसँग आग्रह गर्दै ढिलो नगरी आफूलाई परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् ।

स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले सामाजिक सञ्जालमार्फत आन्दोलनलाई पूर्ण समर्थन जनाउँदै यसले मुलुकमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्य गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । उनले आन्दोलन सफल होस् भन्ने शुभकामना दिँदै सरकारले कुनै किसिमको बल प्रयोग नगरी शान्तिपूर्ण वातावरणमा यसलाई अघि बढ्न दिनुपर्नेमा जोड दिए ।

दुवै नेताहरूको भनाइले जेन–जी आन्दोलनले मुलुकमा राजनीतिक र सामाजिक चेतना जगाउने अपेक्षा गरिएको छ । देशभर सामाजिक सञ्जाल बन्दको विरोधमा तयारी भइरहेका बेला शीर्ष नेताहरूले खुलेर समर्थन जनाउनु आन्दोलनमा सहभागी युवाका लागि थप उत्साहजनक रहेको छ ।