काठमाण्डु – जिल्ला प्रशासन कार्यालय, काठमाण्डुले राष्ट्रपति निवास परिसर लगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यु लगाएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवास आसपास महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु लगाइएको छ । यी स्थानमा राति १० बजेसम्म कर्फ्यु लगाइएको छ ।
यसअघि प्रशासनले माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिसकेको छ ।





प्रतिक्रिया