काठमाण्डु – नेपाली कांग्रेसले अन्तरिम सरकार गठन र ससद् विघटन संविधानविपरीत भनेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्दै संसद् विघटन गरेलगत्तै उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय असंवैधानिक भएको ठहर गरेको हो।
यसले लोकतन्त्र नै धरापमा पारेको दाबी गर्दै जेनजेड आन्दोलन नै खेर जाने आशंका उत्पन्न भएको निष्कर्ष कांग्रेसले निकालेको हो ।
‘हामीले गरेको यो प्रस्तावमा सबैको जित र अपनत्व हुन्थ्यो, आन्दोलनकारीको मागअनुसारको प्रधानमन्त्री नियुक्त हुन्थ्यो र मुख्य कुरा यो प्रक्रिया अवलम्बन गर्दा संविधानलाई टेकेर समाधान निस्कन्थ्यो’, कांग्रेस केन्द्रीय कार्यालका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
‘यसरी जेनजेडको आन्दोलनको माग पनि सम्बोधन हुने र निर्णय संविधानसम्मत पनि हुँदा सर्वस्वीकार्य हुने अवस्था रहँदारहँदै ञसहमतिपूर्वक अवलम्बन गर्न सकिने प्रक्रिया प्रयोग नगरीझसंविधानविपरीत निर्णयमा पुग्नु दुस्खद छ। संसद् विघटनको यो उपक्रम हाम्रो संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको व्याख्याविपरीत छ, संविधानसम्मत बिलकुल छैन। यो कदमले एकातर्फ लोकतान्त्रिक उपलब्धि धरापमा पारेको छ। अर्कातर्फ जेन(जेड आन्दोलनको भावना र मर्मले मृत्यवरण गर्ने त होइन भन्ने आशंका उत्पन्न भएको छ।’विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले अगाडि भनेको छ, ‘त्यसैले यो अवस्थामा एकातर्फ कसैले उत्तेजना नफैलाओस् र अर्कोतर्फ संवैधानिक रिक्ततामा टेकेर जनताले दशकौंको संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धि उल्ट्याउने दुष्प्रयास नहोस् भन्नेतर्फ पनि सचेततापूर्वकध्यान दिनुपर्नेछ। यो गुरुत्तर दायीत्व नेपाली कांग्रेससंग अपेक्षित छ। यस्तो चुनौतीपूर्ण अवस्थामा स्थितिलाई थप बिग्रिन नदिन र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई लिक बाहिर जान नदिन नेपाली कांग्रेसले पार्टिभित्र, अन्य राजनितिक दल तथा नागरिक समाजलगायतसँग समेत परामर्श र संवाद गरी शान्ति, लोकतन्त्र, अग्रगमन र समुन्नतिका पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ।’






प्रतिक्रिया