प्रधानमन्त्री कार्कीले ज्योतिषीले जुराएको साइतमा पदभार ग्रहण गर्ने, भोलि उत्तम

प्रधानमन्त्री कार्कीले ज्योतिषीले जुराएको साइतमा पदभार ग्रहण गर्ने, भोलि उत्तम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले ज्योतिषीले जुटाएको उत्तम साइतमा पदभार ग्रहण गर्ने भएकी छन् ।

शुक्रबार राति शितलनिवासमा शपथ ग्रहणलगत्तै कर्मचारीहरूले सिंहदरबारमा पदभार ग्रहणको तयारी गरे पनि उनी सोझै निजी निवास प्रस्थान गरेकी थिइन् ।

प्रधानमन्त्री कार्कीले शनिबार पनि पदभार ग्रहण नगर्ने भएकी छन् । स्रोतका अनुसार उनका ज्योतिषीले आईतबार पदभार ग्रहणका लागि उत्तम साइत रहेको सुझाव दिएका छन् ।

प्रधानमन्त्री कार्कीले शनिबार जेनजी आन्दोलनका घाइतेसँग भेट्ने कार्यक्रम छ । अस्पतालमा उपचाररत घाइते युवासँग भेटेर सहानुभूति दिने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

यसैबिच उनले आन्दोलनका क्रममा क्षति पुगेका प्रहरी कार्यालयहरूको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।